१४ भाद्र २०८३, आइतबार
Header

एक सय ९० देशका प्रहरीले गोल्डेन डनलाई खोज्दै



विराटनगर । ३३ केजी सुन प्रकरणका मुख्य नाईके गोरे वा रुपेश पनि भनिने चूडामणि उप्रेतिलाई खोज्न प्रहरीले रेडकर्नर नोटिस जारी गरेपछि गोल्डेन डन भनेर पनि चिनिने उप्रेतीलाई १ सय ९० देशका प्रहरीले खोजी गरिरहेको छ ।


मोरङ उर्लाबारी नगरपालिका — ७ स्थायी घर भएका उप्रेतीको अन्तर्राष्टिÇय रुपमा खोजी भईरहको मोरङका एसपी अरुणकुमार बिसीले सञ्चारमाध्यमहरुलाई जानकारी दिएका छन् । 


प्रहरीले मुख्य आरोपी उप्रेतीसहित नर्वदा खरेल (निरु), रक्षा भण्डारी, प्रयास पराजुली, रोहित आचार्य, कृष्ण बस्नेत, मोहम्मद उस्ताम मियाँ, भविन राई, कमल कार्की, सन्दीप खड्का, चेतन भण्डारी, सुनील अग्रवाल, प्रमोद श्रेष्ठ, डोलेन्द्रप्रसाद खरेल, दाबा शेर्पा, भोजराज भण्डारी, दुर्गा खरेल उप्रेती, भीमकुमारी खरेल र सुरेन्द्र गौतम अझै फरार रहेको प्रहरीको दाबी छ ।


यता प्रहरीले उप्रेती हाल भारतमा लुकेर बसेको शंकामा ब्यापक खोजीकार्य सुरु गरेको छ । ३३ केजी सुन प्रकरणले अहिले सम्म ३ जनाको रहस्मय हत्या भईसकेको छ भने प्रहरी उच्च अधिकारी, व्यापारी, नेता, कर्मचारीहरुको संग्लनता देखिएको छ । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex