काठमाडौं । राणकालिन एक सय ६० बर्ष पुरानो जलेश्वर कारागार डुवानमा परेको छ । गए राती परेको भीषणा बर्षापछि तीन जिल्ला महोत्तरी, धनुषा र सर्लाहीको संयुक्त कारागार डुवानमा परेको हो ।
मुसलधारे वर्षाको पानीले जलेश्वर कारागार आज बिहान डुबानमा परेको हो । जलेश्वर नगरपालिका–२ मा सबैभन्दा गहिरो स्थानमा अवस्थित छ भने वर्षाको बेला यो कारागार पटकपटक डुबानमा पर्ने गरेको जेलर शोभेन्द्र ठाकुरले बताएका छन् ।
Categorized in समाज