७ बैशाख २०८१, शुक्रबार
Header

एक लाख २३ हजार बढि उम्मेदवारलाई आयोगले तोक्यो २५ लाख जरिवाना


प्रकाशित: शुक्रवार, ३१ भाद्र २०७९, २१ः०० बजे
- महानगरखबर

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको चुनावमा खर्च विवरण नबुझाउने उम्मेदवारलाई जरिवाना तोकेको छ । 


१ लाख २३ हजार ६२४ जना उम्मेदवारलाई आयोगले २५ लाख जरिवाना तोकेको छ ।


निर्वाचन खर्च नबुझाउने महानगरपालिकाका मेयर र उपमेयरका उम्मेदवारलाई साढे ७ लाख रुपैयाँ जरिवाना तोकेको छ ।


महानगरका वडा सदस्य तथा वडाध्यक्षका उम्मेदवारले ३ लाख रुपैयाँ जरिवाना तिर्नु पर्ने छ ।


उपमहानगर पालिकाका मेयर र उपमेयरका उम्मेदवारले साढे ५ लाख तथा वडाध्यक्ष र वडा सदस्य उम्मेदवारले साढे २ लाख जरिवाना तोकिएको छ । 


यसैगरी नगरपालिकाका मेयर र उपमेयरका उम्मेदवारले साढे ४ लाख तथा वडाध्यक्ष र वडा सदस्य उम्मेदवारले २ लाख जरिवाना तिर्नु पर्ने आयोगले जनाएको छ ।


गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष उम्मेदवारले साढे ३ लाख तथा वडा सदस्य र वडाध्यक्षका उम्मेदवारले डेढ लाख रुपैयाँ जरिवाना तिर्नु पर्ने छ ।


आयोगले तोकेको जरिवाना नतिर्ने उम्मेदवारलाई ६ वर्षसम्म कुनै पनि चुनावमा भाग लिन नदिने चेतावनी पनि आयोगले दिएको छ ।

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD