१२ बैशाख २०८१, बुधबार
Header

एक महिला स्वास्थ्यकर्मीमा पनि कोरोना संक्रमण पुष्टि


प्रकाशित: मंगलवार, ३० बैशाख २०७७, १८ः०० बजे
- महानगरखबर

काठमाडौं । कपिलवस्तुको तौलिहवा अस्पतालमा कार्यरत एक स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण देखिएको छ । 


अस्पतालका ९ जनामा स्वाब संकलन गरिएकोमा २५ बर्षीया स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको हो । बाँकी ८ जनाको रिर्पोट नेगेटिभ आएको छ । 


कपिलवस्तु नगरपालिकाभित्र क्वारेन्टाइनमा बसेकाहरुको थ्रोट स्वाब संकलन गर्ने क्रममा तौलिहवा अस्पतालकी स्वास्थ्यकर्मीलाई पनि कोरोना पुष्टि भएको हो ।


स्वास्थ्य मन्त्रालयले मंगलबार सार्वजनिक गरेको विवरणमा कपिलवस्तुमा ८ जना संक्रमित थपिएकामा अस्पतालमा कार्यरत महिला स्वास्थ्यकर्मी रहेको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको समाचार अनलाईनखवरले प्रकाशित गरेको छ । 


उनी कार्यरत तौलिहवा अस्पतालमा स्थायी र करार गरी ६७ जना स्वास्थ्यकर्मीहरु काम गरिरहेका छन । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD