२५ बैशाख २०८१, मंगलबार
Header

एक महिना अघि घटेको पेट्रोल, डिजल र मट्टितेलको भाउ फेरि बढ्यो


प्रकाशित: मंगलवार, २४ माघ २०७९, ०९ः०० बजे
- महानगरखवर

काठमाडौं । नेपाल आयाल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउमा बृद्धि गरेको छ । 


सोमबार राति १२ बजेबाट लागू हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टीतेल लिटरमा ३ रूपैयाँ बढाएको हो । 


अब काठमाडौं उपत्यकामा पेट्रोल लिटरको १ सय ७८ रूपैयाँ र डिजेल तथा मट्टीतेल १७५ रूपैयाँ लिटर पर्नेछ ।


निगमले खाना पकाउने एलपी ग्यास र हवाइ इन्धनको मूल्य भने यथावत राखेको छ ।


हाल एलपी ग्यास एक हजार ८ सय रूपैयाँ छ । हवाइ इन्धन ९आन्तरिक० को प्रतिलिटर १७० रूपैयाँ छ ।


निगमले भारतीय आयल कर्पोरेसन (आइओसी) बाट नयाँ मूल्य अनुसार  मूल्य समायोजन गरिएको जनाएको छ ।


यस अघि निगमले पुस २४ गते इन्धनको भाउ घटाएको थियो । पेट्रोलियमको मूल्य तय हुने सबभन्दा ठूलो आधार भनेकै आइओसीले अन्तर्राष्ट्रिय बजारबाट किन्ने कच्चा तेलको मुल्य हो ।


यो पनि पढ्नुहोसःपेट्रोलियम पदार्थको मूल्य घट्यो

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD