१६ चैत्र २०८०, शुक्रबार
Header

एक डोजमात्र लगाए पुग्ने १५ लाख अमेरिकी खोप आईपुग्यो


प्रकाशित: सोमवार, २८ असार २०७८, १४ः५० बजे
- महानगरखवर

काठमाडौं । कोभिड–१९ विरुद्ध एक डोज मात्र लगाए पुग्ने अमेरिकी खोप जोनसन एण्ड जोनसन नेपाल आईपुगेको छ । 


सोमवार अमेरिकाले सहयोगवापत पठाएको १५ लाख ३४ हजार ८ सय ५० डोज कोभिड–१९ खोप नेपाल आईपुगेको हो । 


कोभ्याक्स कार्यक्रममार्फत अमेरिकाले पठाएको कोभिडविरुद्धको खोप बिहान कतार एयरवेजको नियमित उडानबाट नेपाल आईपुगेपछि अमेरिकी राजदुत र्‍याण्डी बेरीले स्वास्थ्यमन्त्री कृष्ण गोपाल श्रेष्ठलाई हस्तान्तरण गरेका छिन । 


यो खोप शिक्षकसहित फ्रन्टलाइनर कर्मचारीहरु र ५० देखि ५५ वर्ष उमेरका नेपालीलाई दिइने जनाइएको छ । जोन्सन एन्ड जोन्सनको यो खोप एक डोज मात्र लगाउँदा नै मात्रा पूरा हुने बताइएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD