काठमाडौं । राजस्व अनुसन्धान विभागले एक क्वीन्टल सुन प्रकरणमा ठमेलबाट थप एक जनालाई पक्राउ गरेको छ ।
आइतवार विहान विभागले ठमेलस्थित होटल भियनामा छापा मार्ने क्रममा नेपाली मूलका बेल्जियम नागरिक नागरिक दावा छिरिङलाई पक्राउ गरेको हो ।
होटलबाट टोलीले केही कागजात र सामग्रीहरु बरामद गरेको बुझिएको छ । हङकङबाट सुन ल्याएर नेपालमा व्यवस्थापन गर्ने गिरोहसँग जोडिएको पाइएपछि विभागले होटल भियनामा छापा मारेको हो ।
यो प्रकरणमा एक जना चिनियाँ नागरिकसहित भारतीय मुलका तिब्बतीन नागरिक समेत पक्राउ परेका छन । अहिलेसम्म कार्यालयका एजेन्ट र कर्मचारीसहित १८ जना पक्राउ परेका छन ।
Categorized in राष्ट्रिय