२५ बैशाख २०८१, मंगलबार
Header

एक केजी सुन तथा नगद लुटपाटमा संग्लन अमर ज्वलेर्सका संचालक सहित ५ पक्राउ


प्रकाशित: विहिबार, १० साउन २०७५, २१ः३४ बजे
- महानगरखबर

काठमाडौं । एक केजी सुन तथा दुई लाख नगद लुटपाटमा संग्लन अमर ज्वलेर्सका संचालक अम्मर वि.क. सहित ५ जनालाई प्रहरीले विहिबार पक्राउ गरेको छ ।

 
पक्राउ परेका वि.कले काठमाडौं महानगरपालिका–२६ गोगंबु स्थित बिजी महलमा अमर ज्वेलर्स संचलन गरेको छ ।

 
टोखा नगरपालिका–९ स्थित राप्ती पाहुना घर गेष्ट हाउसको कोठा नम्बर २०२ मा बसेका रुकुम भुईन्चे गाउँपालिका घर भई हाल दाङ घोराही–१५ बस्ने ५२ बर्षीय खड्कप्रसाद सुनारको १ के।जी सुन, नगद २ लाख १७ हजार रुपैयाँ, ३ थान मोबाइल, नागरिकता र विभिन्न बैंकको चेक तथा कागजपत्रहरु बुधबार लुटपाट वि.कको समुले लुटपाट गरेको प्रहरीले जनाएको छ ।

 
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD