१६ बैशाख २०८१, आइतबार
Header

एक केजी सुनसहित ६ जना पक्राउ


प्रकाशित: शनिवार, २८ पुष २०७५, १९ः०७ बजे
- महानगरखबर

काठमाडौं । सशस्त्र प्रहरी बल (एपीएफ) टोलीले शनिववार विहान सिराहको गोलबजार नगरपालिकाबाट एक केजी ७५७ ग्राम ७२० मिलीग्राम सुनसहित छ जनालाई पक्राउ गरेको हो । 


पक्राउ पर्नेमा सोही जिल्लाको लाहान नगरपालिका १९ मा बस्ने ३२ वर्षीय गाडी चालक मोहम्मद रियाज राईम (साथबाट ४ थान वाला र ३ वटा काँचो सुन), सोही ठाउँ बस्ने २८ वर्षीय मोहम्मद अमिरुल, (साथबाट एउटा वाला),  सोही ठाउँ बस्ने ४५ वर्षीय कैयुम राईम (साथबाट एउटा वाला फेला ),  सोही ठाउँ बस्ने ४२ वर्षीय मोहम्मद हकिम, २४ वर्षीय मोहम्मद रहमान र सप्तरी जिल्लाको खड्क नगरपालिका ३ बस्ने १८ वर्षीय मोहम्मद अफ्रोज रहेका छन् । 


सशस्त्र प्रहरी बल नेपाल गण हेक्वा सिराहा नम्बर ७ गणबाट खटिएको एपीएफ टोलीले चेकजाँच गर्ने गर्नेमा उनीहरु पक्राउ परेका हुन । 


काठमाडौंबाट लाहानतर्फ जाँदै गरेको भारतीय जिप बीआर ३२ पीए ४६४४ नम्बरको भारतीय स्कार्पियो जिपमा सवार उनीहरूको साथमा सुन फेला परेको हो । 


टोलीले उनीहरूको साथबाट नगद ३४ हजार ५ सय रुपैयाँ र ६ थान मोबाइल सेटसमेत बरामद गरेको छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD