८ आषाढ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

एक किलो बढी सुनसहित विमानस्थलबाट एक भारतीय महिला पक्राउ


प्रकाशित: बुधवार, ४ असार २०८२, १२ः५९ बजे
- महानगरखबर

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक किलोभन्दा बढी सुनसहित एक भारतीय नागरिक पक्राउ परेका छन । 


पक्राउ पर्नेमा भारतको ५३ वर्षीया मीना सुर्जित सिंह खेमानी रहेको प्रहरीले जनाएको छ । उनी मंगलबार राति शारजाहबाट एयर अरेबियाको उडानमार्फत काठमाडौं आइपुगेकी थिइन । 


विमानस्थलको आगमन भन्सार क्षेत्रअन्तर्गतको टनेलबाट जाँदै गर्दा संकास्पद देखिएकी उनलाई जाँच गर्दा ठूलो मात्रामा सुन फेला परेको हो।


प्रहरीका अनुसार खेमानीबाट १ किलो १५९ ग्राम अर्धठोस सुन बरामद गरिएको छ । ती सुन प्लास्टिकले बेरेर राखिएको तीनवटा डल्लाको रूपमा फेला परेको प्रहरीले जनाएको छ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex