१५ चैत्र २०८०, बिहिबार
Header

एक अर्ब पुगाउन नसक्ने बीमा कम्पनी मर्जरको नीतिमा


प्रकाशित: सोमबार, १४ साउन २०७५, १०ः५० बजे
- महानगरखबर

काठमाडौं । बीमा समितिले एक अर्ब पुगाउन दिएको टार्गेट पुरा गर्न नसक्ने बीमा कम्पनीलाई मर्जरनको नीतिमा लिईने बीमा समितिले जनाएको छ ।

 
बीमा समितिले गत आर्थिक वर्षको असार मसान्तसम्म २० वटा निर्जीवन बीमा कम्पनीहरुलाई १ अर्बका दरले चुक्ता पुँजी पु‍¥याउन निर्देशन दिएपनि ४ वटाले मात्र पुरा गर्न सके बाँकी  १६ वटा बीमा कम्पनीहरुले सो टार्गेट पुरा गर्न सकेन । 


नेपाल इन्स्योरेन्स , हिमालयन जनरल इन्स्योरेन्स, नेको इन्स्योरेन्स र शिखर इन्स्योरेन्सले समितिले तोकेअनुसारको पुँजी तोकिएकै समयमा पुराएको बीमा समितिले जनाएका छन् । 


निर्जीवन बीमा कम्पनीहरुको चुक्ता पुँजी करिब १८ अर्ब रुपैयाँ पुगेको छ । मुलुकमा सञ्चालित २० वटा निर्जीवन बीमा कम्पनीहरुले आर्थिक वर्ष ०७४÷७५ को अन्तिम दिनसम्म १७ अर्ब ९७ करोड ९३ लाख ८८ हजार २ सय ८७ रुपैयाँ चुक्ता पुँजी पु‍¥याएका हुन ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD