१४ बैशाख २०८१, शुक्रबार
Header

एकै दिन २ हजार २८७ जना कोरोना मुक्त


प्रकाशित: मंगलवार, २३ भाद्र २०७७, १७ः०० बजे
- महानगरखबर

काठमाडौं । नेपालका मंगलवार २ हजार २८७ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन । यो सँगै नेपालमा ३२ हजार ९६४ जना कोरोनामुक्त भएका छन ।


आज ९०२ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशलामा १० हजार ६११ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको स्वास्थय तथा जनासंख्या मन्त्रालयले जनाएको छ । 
नेपामला कुल संक्रमितको संख्या ४८ हजार १३८ पुगेको छ ।


उपत्यकामा भने ३९६ जना संक्रमित थपिएका छन । काठमाडौमा ३०० जना, भक्तपुरमा ५८ जनार र ललितपुरमा ३८ जना थपिएको हो । 


यो सँगै काठमाडौंमा संक्रमित ६ हजार ९७७, ललितपुरमा ९३९ र भक्तपुरमा ७२४ संक्रमित रहेका छन । 

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD