८ भाद्र २०८३, सोमबार
Header

एकै दिन १५ दल दर्ता, एमालेले पनि गरे दल दर्ता


प्रकाशित: मंगलवार, ९ मंसिर २०८२, २०ः०० बजे
- महानगरखवर

काठमाडौं । आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ता गर्ने क्रम तीव्र बन्दै गर्दा मंगलबार एकै दिन १५ वटा राजनीतिक दल निर्वाचन आयोगमा दर्ता भएको छ । 


दर्ता भएका दलको संख्या ८० पुगेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।


मंगलबार दर्ताका लागि निर्वाचन आयोग पुगेका दलमा राप्रपा, नेकपा एमाले, उज्यालो नेपाल पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, प्रजातान्त्रिक पार्टी नेपाल लगायतका १५ दल सहभागी भए ।


निर्वाचनमा सहभागी हुन चाहने राजनीतिक दलका लागि दल दर्ता गर्ने अन्तिम म्याद मंसीर १० गते बुधबारसम्म तोकिएको छ । 


आयोगका अनुसार तोकिएको समयभित्र दर्ता गर्ने दलहरूले मात्र निर्वाचनमा सहभागी हुन पाउने छन । 


यस अघि ७ गते प्रमुख दल नेपाली कांग्रेसले पनि निर्वाचनमा भाग लिन दल दर्ता गरिसकेको छ । 

asteriskhubs
Home Page Bottom Second


maharjan complex