१४ बैशाख २०८१, शुक्रबार
Header

एकैदिन १० हजार ३१८ कोरोना संक्रमित थपियो, उपत्यकामा ४६७६


प्रकाशित: सोमवार, १० माघ २०७८, १६ः४० बजे
- महानगरखबर

काठमाडौं । एकैदिन (पछिल्लो २४ घण्टा) मा देशभर १० हजार ३१९ जनामा कोरोना संक्रमित थपिएका छन । 


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २१ हजार २०१ नमुना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो । 


१६ हजारर ६५४ नमुनाको पीसीआर टेष्ट गर्दा ८ हजार ५४ र ४ हजार ५४७ नमुनाको एन्टीजेन टेष्ट गर्दा २२६५ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । 


काठमाडौं उपत्यकामा ४ हजार ६७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ३६३४, ललितपुरमा ५८७ र भक्तपुरमा ४५५ जना थपिएको हो । 


पछिल्लो २४ घण्टामा २ हजार ५४० जना संक्रमणमुक्त भएका छन । हाल देशभरमा ८२ हजार ५५० संक्रिय संक्रमित छन् ।


यस्तै १० वर्ष मुनिका १२३ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ३८४ जना कोरोना संक्रमित थपिएका छन ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD