काठमाडौं । आज (शुक्रबार) सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ ।
आज सुन प्रतितोला चार हजार रुपियाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार बजारमा सुन प्रतितोला एक लाख ७४ हजार पाँच सय रूपैयाँमा कारोवार भईरहेको छ ।
यसअघि गत फागुन १३ गते हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो ।
त्यस दिन सुन प्रतितोला एक लाख ७१ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो।
यसैगरी, शुक्रबार चाँदीको मूल्य प्रतितोला दुई हजार ५० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
पनि अघिल्लो दिनको तुलनामा घटेको छ । बुधबार चाँदी प्रतितोला दुई हजार रूपैयाँमा कारोबार भएको थियो ।
14 March 2025, Friday
Categorized in बजार