६ भाद्र २०८३, शनिबार
Header

एकीकृत र योजनावद्ध सहरी विकासको नेतृत्व महानगरले गर्छ– प्रमुख शाक्य


प्रकाशित: आईतवार, १८ पुस २०७८, २०ः०० बजे
- महानगरखबर

काठमाडौँ । काठमाडौं महानगर प्रमुख विद्यासुन्दर शाक्यले एकिकृत र योजनाबाद्ध सहरी विकासको नेतृत्व महानगरले गर्नु पर्ने बताएका छन । 


प्रमुख शाक्यले सहरी योजना आयोगले तयार पारेको विषयगत आधारपत्रको विषयमा भएको छलफलको क्रममा सो कुरा बताएका हुन । 


शाक्यले भने,‘एकीकृत र योजनावद्ध सहरी विकासको नेतृत्व हामी गर्छौँ । यसमा सरोकार राख्ने निकायले सहयोग गर्नुपर्छ ।’


‘महानगरसँग नीति, बजेट र कार्यक्रम भएर पनि लक्ष्यअनुरुप योजना सम्पन्न हुन सकेनन । यसबाट खर्च गर्ने क्षमता बढाउनु पर्ने भएको छ । अर्कोतिर काममा दोहोरोपना अहिले पनि कायमै छ । संघ र प्रदेश सभाका सदस्यहरुले ढल, सडक मर्मतजस्ता साना योजनामा काम गरिरहनुभएको छ । यो महानगरले गर्ने काम हो ।’ शाक्यले भने । 

 


आधारपत्रका विषयमा सम्बन्धित विभाग, महाशाखा, शाखा, एकाइ, आयोजनाका अधिकारीविच ३ दिन चल्ने छलफलमा प्रमुख शाक्यले  सार्वजनिक हितका लागि थालनी गर्ने कुनै पनि काम जुन समयमा सुरु भयो त्यसैलाई उपयुक्त समय मान्नु पर्ने बताए । 
छलफल कार्यक्रममा उप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले अहिले तयार हुने योजनाको दस्तावेजले आगामी निर्वाचनबाट निर्वाचित प्रतिनिधिलाई काम थालनी गर्ने आधार तयार हुने धारणा राखिन ।


साना र ठूला पालिका सञ्चालनका लागि एउटै स्थानीय सरकार सञ्चालन ऐन भएकोले महानगरका अपेक्षा पूरा गर्न छुट्टै ऐन बनाउनु पर्ने उप्रममुख खड्गीको भनाई थियो ।  महानगरको समृद्धिका लागि छुट्टै ऐन पनि आवश्यक रहेको पनि उपप्रमुख खड्गीले बताईन । 


कार्यक्रममा महानगरका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडयालले महानगरले कति जनसंख्याका लागि योजना बनाउनु पर्ने हो ? केन्द्रीय तथ्याङ्क विभागले गरिरहेको गणनाबाट केही आधार बन्न सक्ला । यससँगै आवश्यकता र प्राथमिकताको नक्साङ्कन गरेर नवनिर्माण तथा पुननिर्माणलाई छुट्याउनु पर्ने बताए । 


कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव विष्णुदत्त गौत्तमले सामाजिक विकास र भौतिक विकासलाई सन्तुलित हुने गरी योजना बनाउन सुझाव दिए । 


सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले प्रचलित कानुनले दिएको अधिकार र विगत साढे ४ बर्षको महानगरको अनुभवबाट आगामी दिनको प्रारुप तयार पार्न आवधिक योजना निर्माण गर्न लागिएको सुनाए । 


सहरी योजना आयोगका सदस्य कीर्तिकुसुम जोशीले सरकारले राष्ट्रिय अन्तरराष्ट्रिय स्तरमा गरेका सन्धी सम्झौता र प्रतिवद्धतालाई आधार पत्र निर्माणका क्रममा ध्यान दिने बताएका थिए । 


यसमा दिगो विकास, काठमाडौँको विकासमा ऐतिहासिक पक्ष र आधुनिक पक्ष, सुशासनको प्रत्याभूति, समावेशी विकार र सहकार्यलाई मार्गदर्शनका रुपमा लिइएको छ ।


छलफलका लागि अघि सारिएका २८ वटा विषयलाई आधार बनाइएको छ । आर्थिक तथा रोजगारी अन्तगर्त कृषि तथा खाद्य, सहकारी ,उद्यमशीलता प्रवर्धन, उद्योग तथा व्यापार, पर्यटन, सार्वजनिक निजी साझेदार रहेका छन । 


सामाजिक विकास अन्तर्गत शिक्षा, जनस्वास्थ्य, महिला, बालबालिका, किशोर किशोरी,  खानेपानीतथा सरसफाई, संस्कृतितथा सम्पदा, युवातथा खेलकुद, सामाजिकविकास, सुरक्षातथा संरक्षण, पशुसेवा 


त्यसैगरी सहरी पूर्वाधार तथा योजना विकास अन्तर्गत सहरी पूर्वाधार विकास, सहरी यातायातव्यवस्थापन, सूचना तथा सञ्चार, सहरी विकास तथा भवन निर्माण


वातावरण तथा विपद व्यवस्थापन अन्तर्गत फोहरमैला व्यवस्थापन, प्रदुषण नियन्त्रण, हरियाली प्रवर्धन,जलवायु परिवर्तन अनुकूलन, विपद व्यवस्थापन


संस्थागत विकास र सुशासन अन्तर्गत संस्थागत तथा मानव संशाधन विकास, सुशासन तथा सुरक्षा, राजस्व परिचालन तथा वित्तिय व्यवस्थापन, अन्तर्राष्ट्रिय सम्वन्ध विस्तार, सम्पत्ति ब्यबस्थापन

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex