२ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

एकान्तकुनामा बसको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु 


प्रकाशित: शनिवार, १० जेठ २०८२, १७ः५० बजे
- महानगरखवर

काठमाडौं । शनिवार विहान ललितपुरको एकान्तकुनामा बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।


जिल्ला प्रहरी परिसरक ललितपुरका अनुसार ठक्करबाट मोटरसाइकल चालक गोरखा घर भई काठमाडौंको नैकाप बस्ने ३० वर्षीय संजीब अधिकारीको मृत्यु भएको हो ।


अधिकारीको उपचारको क्रममा दिउँसो अल्का अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

 
ललितपुर महानगरपालिका–४ एकान्तकुना खरिबोटस्थित सडकमा बा २ ख ३४८ नम्बरको बसले बा ७९ प ६५३६ नम्बरको  मोटरसाइकललाई ठक्कर दिएको थियो । 


मोटरसाइकलको पछाडि सवार महिलाको पनि अल्का अस्पतालमा उपचार भइरहेको ललितपुर प्रहरीले जनाएको छ ।


बस चालकलाई प्रहरीले नियन्त्रणमा लिई घट्नाको अनुसन्धान अघि बढाएको छ ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex