१९ बैशाख २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

एकहजार केजी अबैध मरिच बरामद


प्रकाशित: शुक्रवार, २८ मंसिर २०७५, १८ः४० बजे
- महानगरखबर

काठमाडौं । अबैध रुपमा नेपालगञ्जबाट भारत तर्फ निकास हुँदै गएको एकहजार २०५ केजी मरिच शुक्रवार प्रहरीले बरामद गरेको छ । 


नेपाल–भारत सीमावर्ती क्षेत्र जमुनाहगाउँ नजिक लुकाइराखेको उक्त परिमाणको कालो मरिच बरामद गरिएको वडा प्रहरी कार्यालय नेपालगञ्जका इञ्चार्ज प्रहरी निरीक्षक नारायण डाँगीले जानकारी दिए । 


बरामद गरिएको कालोमरिचको बजार मूल्य रु चार लाख ८२ हजार छ । सो मरिच नेपालगञ्ज भन्सार कार्यालयलाई बुझाइएको छ । 

 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex