१४ बैशाख २०८१, शुक्रबार
Header

एकसाता भित्र एक लाख फाईजर खोप नेपाल आईपुग्ने


प्रकाशित: विहिवार, ४ कातिक २०७८, १९ः०० बजे
- महानगरखबर

काठमाडौं । कोरोनाविरुद्धको फाईजर खोप नेपालमा एक साता भित्र आईपुग्ने भएको छ । 


अमेरिकाले कोभ्याक्स सुविधामार्फत एक लाख डोज कोरोना खोप नेपाललाई पठाउन लागेको हो । 


खोप शाखाका प्रमुख डाक्टर सागर दाहालका अनुसार यो खोप १२ वर्ष माथिका उमेर समूहका दीर्घ रोगीहरुलाई प्राथमिकता राखेर लगाईने भएको छ । 


यसअघि अमेरिकाले नेपाललाई एक डोज लगाए पुग्ने जोन्सन एन्ड जोन्सन कम्पनीको १५ लाख ३४ हजार डोज खोप अनुदानमा दिएको थियो ।  
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD