३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

एकल महिलाको साथमा बागबजार सामुदायिकमा ‘तिज कर्यक्रम’


प्रकाशित: बुधवार, ११ भाद्र २०७६, २०ः०० बजे 
- महानगरखवर

काठमाडौं । बागबजार सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवाको आयोजना ‘एकल महिलाको साथमा तीज कार्यक्रम’ मनाईएको छ ।


बुधवार सामुदायिक केन्द्र भवन परिसरमा आयोजित कार्यक्रममा एकल महिला सुमा कार्की र अनिता श्रेष्ठले केक काटेर तीज कार्यक्रमको औपचारिक उद्घाटन गरेका थिए । 


भव्य र सभ्य रुपमा मनाईएको एकल महिला तीज कार्यक्रममा महिला दिदीबहिनीहरुलाई पनि साथ दिएको सामुदायिक सेवा केन्द्रका महासचिव कमरुदिन मियाँले बताए । 


कार्यक्रममा महिलाहरुले विभिन्न तीज गीतहरुमा नाचगान गरेर तीज कार्यक्रमलाई उल्लासमय बनाएको मियाँले जानकारी दिए । 


काठमाडौं महानगरपालिका २८ वडा अध्यक्ष भाईराम खड्गीको प्रमुख आथित्यमा आयोजित कार्यक्रममा महानगरिय प्रहरी बृत, सिंहदरवारका प्रहरी निरिक्षक भोजराज पाण्डेको विशेष उपस्थिती रहेका थिए । 


सामुदायिक अध्यक्ष विपेन्द्र खड्गीले कार्यक्रमको सभापतित्व ग्रहण गर्दै तीजको कार्यक्रममा सहभागी भएका महिलादिदी बहिनीहरुलाई शुभकामना दिएका थिए । 


सामुदायिक सविच ध्रुव खड्रगीले कार्यक्रममा स्वागत मन्तव्य दिँदै एकल महिलाको मर्म र पीडालाई तीज कार्यक्रमले विर्साउने भनाई राख्दै स्वागत मन्तव्य दिएका थिए ।

 


 

asteriskhubs
Home Page Bottom Second


maharjan complex