१४ बैशाख २०८१, शुक्रबार
Header

एकल भाषा पक्षपोषणप्रति नेवाः देय् दवूको विरोध


प्रकाशित: आईतवार, २८ बैशाख २०७७, २१ः०० बजे
- महानगरखबर

काठमाडौं । नेवाः देय् दूवले शनिवार एक विज्ञप्ती जारी नेपाल सरकारको एकल भाषा पक्षपोषणको विरोध गरेको छ ।


नेपाल सरकारको राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्द्धारा २०७७ का शैक्षिक सत्रदेखि संस्कृत भाषालाई कक्षा १ मा पठनपाठन थाल्ने र क्रमशः सबै तहमा कक्षाहरुमा समेत पठनपाठन गराउने गरेको निर्णयप्रति दवूको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । 


विज्ञप्तीमा भनिएको छ,‘ बहुभाषिक, बहुधार्मिक, बहुसंस्कृतिक, संघीय लोकतान्त्रिक गणतान्त्रिक मुलुकको सरकारको यस किसिमको एकल भाषिक पक्षपोषणको कार्यप्रति नेवारहरुको राष्ट्रिय संगठन नेवाः देय् दबूको गम्भिर ध्यानकर्षण भएको छ ।’


‘नेपाल सरकारको यस निर्णय राज्य ढुकुटीको दुरुपयोग गरी संघीय लोकतान्त्रिक गणतन्त्र तथा नेपालका विभिन्न समयमा भाषिक सामन्ताको आन्दोलनको मूल मर्मलाई लत्याई एक जात, एक धर्म र एक भाषाको नीति लादेर यहाँका जातिय, भषिक संस्कृतिक पहिचान र उत्पीडन वर्गलाई धकेल्ने षडयन्त्र हो । यस कार्यको सम्पूर्ण नेवारहरुको विरोध रहेको छ ।’ भनी विज्ञप्तीमा उल्लेख छ । 
 

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD