५ जेठ २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

एकतिसवटा चोरी मुद्दामा फरार अभियुक्त पक्राउ,  ३४ लाख ७२ हजार ५९१ जरिवाना ठहर


प्रकाशित: बिहिबार, १० साउन २०७५, २१ः१६ बजे
- महानगरखबर

काठमाडौँ । राजधानीको विभन्नि स्थानमा चोरी गरी फरार रहेका अभियुक्तलाई नेपाल प्रहरी केन्द्रिय अनुसन्धान ब्यूरोले बुधवार पक्राउ गरेको छ ।

 
 ब्यूरोले ३१ वटा चोरी मुद्दामा फरार अभियुक्त नुवाकोट थानसिङका ४९ वर्षीय गणेशबहादुर सुनुवारलाई पक्राउ गरेको हो ।

 
काठमाडौँ जिल्ला अदालतले विसं २०७२ चैत २४ मा चोरको दोषी ठहरिएका सनुवारलाई अदालतले ३१ वटा चोरी मुद्दामा रु ३४ लाख ७२ हजार ५९१ जरिवाना हुने ठहर गरेपछि फरार रहेका थिए । 


सुनवारले सुनको सिक्री लगायतका गरगहना चोरेर कम मूल्यमा बेच्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । पक्राउ सुनुवारलाई कैद भुक्तानका लागि विहिबार केन्द्रीय कारागार सुन्धारा पठाइएको ब्यूरोले जनाएको छ । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex