१३ भाद्र २०८३, शनिबार
Header

एकता घोषणा सभागृहमा, दल दर्ता पनि आजै


प्रकाशित: बिहिबार, ३ जेठ २०७५, ११ः०० बजे
- जेम्सज्वेलरीखबर

काठमाडौँ । २५ औं मदन–आश्रित दिवशको अवसर पारेर बिहिबार एमाले र माओवादीबिच बहुप्रतिक्षित एकताको घोषणा दिउँसो ३ बजे प्रदर्शनीमार्ग स्थित राष्ट्रियसभा गृह हुने भएको छ ।


आज बिहान एमाले पार्टी कार्यलय बल्खुमा आयोजित मदन–आश्रित स्मृति दिवस कार्यक्रममा बोल्दै एमाले अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओलीले वताए ।


ओलीले सो एकता कार्यक्रममा सबैलाई उपस्थित हुन आव्हान समेत गर्नु भएको छ ।

 
प्रधानमन्त्री ओलीले सो कर्यक्रममा एकता नेपालको समृद्धिको लागि हो जनमतको बलमा दमनको लागि होइन भनेर बताएका थिए ।

 
त्यसैगरी माओवादी अध्यक्ष पुष्पकमल दाहालले यस अवसरमा पार्टी एकताको सुझाव आफूले दिएको भन्दै संक्षिप्त रुपमा बोलेका थिए ।

 
आजनै दुवै पार्टीको संयुक्त केन्द्रिय कमिटिको बैठकपछि निर्वाचन आयोगमा दल दर्ता गर्ने भएको छ । दल दर्ता पछि एकताको घोषणा कार्यक्रम रहेको छ । 


 

asteriskhubs
Home Page Bottom Second


maharjan complex