८ आषाढ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

एउटै कामका लागि स्थापना भएका संरचनाहरु गाभ्ने वा खारेज गर्ने निर्णयसहित मन्त्रिपरिषदका थप निर्णयहरु सुचिसहित 


प्रकाशित: विहिवार, ९ फागुन २०८१, १७ः२० बजे
- महानगरखवर

काठमाडौं । नेपाल सरकारको मन्त्रिपरिषद बैठकले एउटै कामका लागि स्थापना भएका अलगअलग संरचना गाभ्ने वा खारेज गर्ने निर्णयसहित विभिन्न थप निर्णयहरु सार्वजनिक गरिएको छ । 


बिहीवार सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले फागुन ६ गते बसेको बैठकले गरेका निर्णयहरु सार्वजनिक गरेका हुन । 


सरकारले नेपाल खानेपानी संस्थानको महाप्रवन्धक पदमा अर्जुनबाबु ढकाललाई नियुक्त गरेको छ ।


फागुन १२ गते हुने संयुक्त  राष्ट्रसंघीय मानव अधिकार परिषदको ५८ औँ  नियमित सत्र अन्तर्गत २०८१ फागुन १२ देखि १४ गतेसम्म स्वीट्जरल्याण्डको जेनेभामा आयोजना हुने हाइ लेवल सेगमेन्टमा सहभागी हुन माननीय परराष्ट्रमन्त्रीको भ्रमण स्वीकृत गर्ने निर्णय गरेको छ ।


त्यसैगरी, सरकारले आगामी वर्ष २०८२ को वर्षभरि दिइने सार्वजनिक बिदा तथा कार्यालय समय निर्धाणका विषयमा पनि स्वीकृत गरेको छ ।

 
मन्त्रिपरिषदका थप निर्णहरु यस्ता छः 


१. सार्वजनिक खर्च पुनरावलोकन आयोग २०७५, उच्चस्तरीय  आर्थिक सुधार सुझाव आयोग २०८१, एउटै प्रकृतिका कामका लागि स्थापना भएका अलग अलग संरचना गाभ्ने, आरेज गर्ने वा हस्तान्तरण गर्ने सम्बन्धी अध्ययन प्रतिवेदन २०८१ ले सिफारिस गरेका सुझावहरुको कार्यान्वयनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषदका कार्यालयका सचिवको संयोजकत्वमा सुझाव कार्यान्वयन उच्च स्तरीय कार्यदल गठन गर्ने।


२. नेपाल प्रहरीको अतिक्ति प्रहरी महानीरिक्षक रविन्द्र केसीको राजीनामा स्वीकृत गर्ने निर्णय । 


३. नेपाल सरकारको नाममा दर्ता रहेको सरकारी जग्गा प्रसुती गृह निर्माण, स्वास्थ्य चौकी भवन निर्माण, वडा कार्यालय भवन निर्माण र आयुर्वेद औषधालय भवन निर्माणका लागि मायादेवी गाउँपालिका रुपन्देहीलाई प्रयोग गर्न स्वीकृति दिने निर्णय 


४. भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको प्रश्तावमा नेपाल सरकारको नाममा दर्ता भएको सार्वजनिक प्रकृतिको जग्गा बहुउद्देशीय पोलि टेक्निकल इन्ष्टिच्युट व्यावसायिक प्रशिक्षण केन्द्रको भवन निर्माण प्रयोजनका लागि श्रम रोजगार तथा सामाजिक मन्त्रालयलाई प्रयोग गर्न दिने,


५. नेपाल सरकारको नाममा दर्ता रहेको सार्वजनिक प्रकृतिको जग्गा जिल्ला प्रहरी कार्यालय रुकुमकोटका लागि प्रयोग गर्न स्वीकृती दिने,


६ . पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्रालयको प्रश्तावमा नेपाल सरकार र ओमान सरकारबीच हुने पर्यटन क्षेत्रमा सहयोगको आदानप्रदान सम्बन्धी समझदारीमा भएको हस्ताक्षरलाई स्वीकृत दिने,


७ . नेपाल र संयुक्त राज्य अमेरिकाबीच हुने पुरातात्विक र समुदायको सांस्कृतिक विषयमा सम्बन्धित सामग्रीहरुको ओसार प्रसार तथा आयात प्रतिवन्ध सम्झौता स्वीकृत गर्ने,


८. जर्मनीको बलिनमा आयोजना हुने पर्यटन मेला इन्टरनेश्नल टुरिजम बोड्र्स आइटिभी बर्लिन २०२५ र फ्रान्समा आयोजना हुने ७५ औँ अन्नपूर्ण दिवसमा फागुन २० देखि २४ गतेसम्म सहभागी हुन पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेलाई स्वीकृति दिने,


९. मानव बेचबिखन तथा ओसारप्रसार ऐन २०६४ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने,


१०. औद्योगिक व्यावसाय पहिलो संशोधन नियमावली २०८१ स्वीकृत गर्ने निर्णय गरेको मन्त्री सुब्बाले जानकारी दिए ।

 

21 Ferbury 2025, Friday

asteriskhubs
Home Page Bottom Second


maharjan complex