१४ बैशाख २०८१, शुक्रबार
Header

उस्ताद यसराज सुदर्शन राजोपाध्याय भारतको राजस्थानमा सम्मानित 


प्रकाशित: विहिवार, २ साउन २०७६, ०९ः०० बजे
- महानगरखवर

काठमाडौं । नेपालका वरिष्ठ सरोदवादक तथा गायक उस्ताद यसराज सुदर्शन राजोपाध्यायलाई भारतको राजस्थानमा सम्मान गरिएको छ । आइतबार जुलाइ १४ तारिखका दिन राजस्थानस्थित जयपुर जगतपुरामा रहेको सुरेश ज्ञान विहार विश्वविद्यालयमा भएको अन्तरराष्टिय मैत्री सम्मेलनमा कलाकार राजोपाध्यायलाई इन्टरनेशनल इन्डिएन बेस्टिज अवार्ड २०१९ प्रदान गरिएको हो । 


आर वि फाउन्डेशन र भव्या इन्टरनेशनलको आयोजना तथा कलमकार मंचको संयोजनमा भएको मैत्री सम्मेलनमा राजोपाध्यायलाई मुंवईका समाजसेवी एवमंं व्यवसायी सुरेश अग्रवालले बेस्टिज अर्वाड प्रदान गर्नु भएको हो ।


असमका सामाजिक अभियन्ता शंकरलाल अग्रवालको अध्यक्षतामा भएको कार्यक्रममा  सुरेश ज्ञान विहार विश्वविद्यालयका अध्यक्ष सुनील शर्मा, कलमकार मंचका संस्थापक शैलेन्द्र माथुर, मंचका निर्देशक डा निशा माथुर लगायतको सहभागिता थियो ।


नेपाल सहित भारत, मालदिभ्स, क्यानाडा लगायतका देशबाट पनि सहभागीता रहेको मैत्री सम्मेलनमा राजोपाध्यायको विशेष सरोद वादन प्रस्तुति सहित साहित्यिक किताबहरुको विमोचन लगायतको कार्यक्रम भएको थियो  । 


३ दशक अघिदेखि संगित साधनामा लागेका सरोदवादक राजोपाध्यायलाई यसभन्दा अघि सन् २०१३ मा भारतको पश्चिम बंगाल सरकारबाट संगित मंजरी उपाधि प्रदान गरिएको थियो भने सन् २०१५ मा गुजरातमा  सुरिल साँझका तर्फबाट स्वर्णपत्र प्रदान गरिएको थियो ।


नेपालको सन्दर्भमा उहाँले रेडियो नेपालबाटं सन् २००२ मा भएको जिल्लाव्यापी संगित प्रतियोगितमा प्रथम पुरस्कार पाउनु भएको थियो भने  शास्त्र सम्मान २०१८, सेभ दी नेशन अवार्र्ड लगायतका पुरस्कार तथा सम्मान पाउनु भएको छ । 


सरोदवादन बाहेक  उहाँका नेपालीमा पलपल, पानीसरी , त्यो रात, नेपाल भाषामा नसला, हसना, छन्हु निन्हू, छगू मतिना, शास्त्रीय संगिततर्फ वन डे रागाज, सोलफूल म्यूजिक फर मेडिटेशन , भारतबाट सुरिल म्यूजिक इन २०१५ लगायतका सिडि, क्यासेट प्रकाशित भएका छन् । 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD