१३ बैशाख २०८१, बिहिबार
Header

उम्मेदवार हुनको लागि सपना राजभण्डारीले दिईन आवेदन, क्षेत्र नं.६ बाट भिमेसेनदास, ७ बाट निलकाजी शाक्य 


प्रकाशित: शुक्रवार, १७ भाद्र २०७९, १९ः०० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं क्षेत्र नं. ८ बाट नेपाली काग्रेसका दिवंगत तथा पूर्वमन्त्री नविन्द्रराज जोशीको पत्नी सपना राजभण्डारीले उम्मेदवार हुनको लागि आवेदन दिएकी छन ।

 
जोशीले उम्मेदवारको दाबी गर्दै नेपाली कांग्रेसको क्षेत्रीय कार्यसमितिमा आवेदन दिएकी हुन । 


नविन्द्रका दाई राजुराज जोशीले पनि काठमाडौं ८ मै उम्मेदवार हुनका लागि पार्टीमा आवेदन दिएका छन । 


२०७४ सालको निर्वाचनमा काठमाडौं ८ मा एमालेको तर्फबाट जीवनराम श्रेष्ठ ४४४ मतले निर्वाचित भएका थिए ।


निर्वाचित श्रेष्ठ हाल एकीकृत समाजवादीबाट संस्कृति पर्यटन तथा नगरिक उड्यान मन्त्री बनेका छन । 

 

 


त्यसैगरी, नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर ६ बाट कांग्रेस नेता भीमसेन दास प्रधान र काठमाडौं जिल्ला सभापति सबुज कृष्ण बानियाँको नाम सिफारिस गरेको हो ।


काठमाडौं क्षेत्र नं.७ का लागि कांग्रेसबाट नेपाली कांग्रेसका विनोद पन्त र दक्ष पौडेल सहित ७ जना सिफारिसमा परेका छन ।

 


क्षेत्रीय समितिको बैठकले विनोद पन्त, दक्ष पौडेल, डा. रामशरण थपलिया, प्रमोदहरि गुरागाइँ, सरोज थापा, प्रमिला सिंह डंगोल र नीलकाजी शाक्यको नाम सिफारिस भएको हो ।


यो सिफारिस अब जिल्ला, प्रदेश हुँदै केन्द्रमा पुग्ने छ र अन्तिम निर्णय केन्द्रले गर्ने छ । 

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD