काठमाडौं । आज उम्मेदारी दर्ताको पहिलो दिन काठमाडौं महानगरको मेयर (प्रमुख) पदमा १६ जनाले उम्मेदरवारी दिएका छन ।
उपप्रमुखमा १७ जना र विभिन्न वडाको वडाध्यक्षमा २३ जना र वडा सदस्यमा ८ जनाको उम्मेदवारी दर्ता गराएका छन ।
मेयरमा उम्मेदवारी दर्ता गराउनेहरुमा काठमाडौं महानगरपालिका १९ वडा निवासी आनन्द राज जोशी, (राष्ट्रिय यथार्थवादी पार्टी नेपालका महासचिव), काठमाडौं नं.१४ का रविकान्त मानन्धर (स्वतन्त्र ), काठमाडौं १६ निवासी राजन कार्कीले (स्वतन्त्र), काठमाडौं–३२ निवासी –यापर बालेन शाह (बालेन) पनि (स्वतन्त्र) रहेका छन ।

त्यसैगरी विवेकशील साझा पार्टीका तर्फबाट समीक्षा बाँस्कोटा, आधुनिक नेपाल समाजवादी पार्टीका तर्फबाट काठमाडौं २४ का सुरेशरत्न बज्राचार्य, नेपाल समावेशी पार्टीका तर्फबाट काठमाडौं २४ का ७० रामबहादुर खड्का, मंगोल नेशनल अर्गनाइजेशन पार्टीको तर्फबाट काठमाडौं ९ का सीता तामाङले पनि मेयर पदका लागि उम्मेदवार दिएका छन ।
मौलिक जरोकिलो पार्टीको तर्फबाट काठमाडौं ९ का मनोजराज आचार्य, ज्ञानु लामा तामाङ(स्वतन्त्र), उपत्यका सडक बिस्तार पीडित संघर्ष समितिका संयोजक सुमन सायमी, काठमाडौं–१५ की निवासी अमोट महर्जन (स्वतन्त्र), विपिनराज वैद्य, सूर्य थापाश्रेष्ठ (महिला), डिल्लीराम राजभण्डारी र जेठा महर्जनको पनि काठमाडौंको मेयरमा उम्मेदवारी दर्ता गरेका छन ।

उपमेयरमा आधुनिक नेपाल समाजवादी पार्टीका तर्फबाट गुणबहादुर बञ्जारा, विवेकशील साझा पार्टीको तर्फबाट कीर्ति तुलाधर, उपत्यकाव्यापी सडक बिस्तार पीडित संघर्ष समितिका कोषाध्यक्ष विद्या श्रेष्ठ महर्जन (स्वतन्त्र उम्मेदवारी दर्ता), काठमाडौं १६ निवासी अमरबहादुर खत्री, (स्वतन्त्र), विश्वविजय श्रेष्ठ (स्वतन्त्र) लगायतले उम्मेदवारी दर्ता गराएका छन ।
भोली (सामवार) पनि उम्मेदारी दर्ताको निर्वाचन आयोगको कार्यतालिका छन । आज कुनै पनि ठुला दल नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्रले उम्मेदवारी दर्ता गराएका छैनन ।
Categorized in स्थानिय