२२ आषाढ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

उपविजेता टोलीलाई प्रधानमन्त्रीले दिए बधाई, जनही ३ लाख नगद पुरस्कारको घोषणा


प्रकाशित: विहिवार, १५ कात्तिक २०८१, १६ः१० बजे
- महानगरखवर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एसियाली फुटबल (साफ) महिला च्याम्पियनिसपमा उपविजेता बनेको नेपाली टोलीलाई बधाई र धन्यवाद ज्ञापन गरेका छन ।


विहिवार प्रधानमन्त्री निवास, बालुवाटारमा आयोजित उपविजेता महिला फुुटबल खेलाडीसँगको भेटघाटका क्रममा उनले खेल क्षेत्रको विकास र खेलाडीलाई प्रोत्साहनमा कुनै कञ्जुस्याई नगर्ने दाबी गरे ।


प्रम ओलीले सरकारका तर्फबाट खेलाडीहरूलाई जनही तीन लाख रुपैयाँका दरले पुरस्कार घोषणा गरेका छन ।


तिहारलगत्तै सो पुरस्कार प्रदान गरिने बताउँदै उनलेविगतका कतिपय खेलका पुरस्कार अझै प्राप्त नभएको गुुनासो आइरहेका बेला प्रधामन्त्री ओलीको निर्देशनमा पछिल्ला अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक पाउने खेलाडीलाई सक्दो छिटो पुरस्कार दिन थालिएको सुनाए । सो अवसरमा उनले विजेता भइएन भन्दैमा दुःख मान्नुपर्ने अवस्था नभएको उल्लेख गर्दै तेञ्जिङ नोर्गे पनि एकै पटकमा नभई आठौँ पटकमा सर्वोच्च शिखर सगरमाथा पुुग्न सफल भएको उदाहरण दिएका थिए ।


बुधवार दशरथ रंगशालामा भएको नेपाल र बंगलादेशविरुद्धको फाइनल खेलमा नेपालविरुद्ध २ गोल गरेर बंगलादेश च्याम्पियनसिप बनेको थियो ।


प्रधानमन्त्री ओलीले ५० हजारसम्म दर्शक अट्ने रङ्गशाला निर्माणका लागि सरकारले उचित स्थानमा जग्गा खोजिरहेको पनि जानकारी गराए 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex