९ भाद्र २०८३, मंगलबार
Header

उपराष्ट्रपति पदका लागि ३ महिला, एक पुरुषको उम्मेदवारी दर्ता


प्रकाशित: शनिवार, २७ फागुन २०७९, १८ः०० बजे
- महानगरखवर

काठमाडौं । आगामी चैत्र ३ गते हुने उपराष्ट्रपति पदको लागि शनिवार ३ महिलासहित एक पुरुषले उम्मेदवारी दर्ता गराएका छन । 


बानेश्वरस्थित संसद भवनमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्य, जनता समाजवादी पार्टीबाट प्रमिला यादव र रामसहाय प्रसाद यादव, जनमत पार्टीबाट ममता झाले उम्मेदवारी दर्ता गराएका हुन । 


निर्वाचन आयोगले खास/आर्यबाहेक महिलाले मात्र उम्मेदवारी दर्ता गर्न पाउने निणर्य गरेपनि संविधानमा सो विषयमा महिला मात्र उल्लेख नभएकाले पुरुषको पनि उम्मेदवारी दर्ता भएको हो । 


१० दलिय सत्ता गठबन्धनले साझा उम्मेदवार चयन गर्न नसकेपछि तीन जनालाई नै उम्मेदवारी दर्ता गराउने निणर्य गरेको थियो । 


सत्ता गठबन्धन दले उठाएका उम्मेदवारहरु कसैले फिर्ता नलिएर उपराष्ट्रपतिका ४ उम्मेदवार विच प्रतिस्पर्धा हुनेछ । 


बिहीबार भएको राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निर्वाचित भएका थिए ।


पौडेलका प्रतिस्पधी रहेका नेकपा एमालेका उम्मेदवार सुवास नेम्वाङलाई पराजित भएका थिए । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex