९ भाद्र २०८३, मंगलबार
Header

उपराष्ट्रपतिमा रामसहायप्रसाद निर्वाचित, कसले कति मतभार पाए ?


प्रकाशित: शुक्रवार, ३ चैत्र २०७९, १७ः०० बजे
- महानगरखवर

काठमाडौं । उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव निर्वाचित भएका छन । 


शुक्रवार सम्पन्न निर्वाचनमा जनता समाजवादी पार्टीका नेता यादव निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ । 


उनले ३०३२८ मतभार पाई बिजयी भएका हुन । संघीय सांसद तर्फ– १८४ को मतभार १४५३६ र प्रदेश सभाको मत ३२९ को मतभार १५७९२ पाएका छन ।


बारा–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्यसमेत रहेका यादव जसपाका संसदीय दलका नेता हुन ।

 
उनका प्रतिस्पर्धी एमाले नेतृ अष्टलक्ष्मी शाक्यले संघीय संसको १०४ मत, प्रदेश संसदको १६९ मत पाउँदा १६ हजार ३०८ मतभार पाई दोस्रो भएकी छिन । 


त्यसैगरी, उपराष्ट्रपतिकी अर्का उम्मेदवार ममता झाले संघीय संसदको २३ र प्रदेश संसदको १५ मत पाउँदा २ हजार ५१७ मतभार पाएकी छिन । 


उम्मेदवारी फिर्ता लिएकी जसपाकी प्रमिला यादवले प्रदेश संसदबाछ १ मत पाएकी छिन । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex