काठमाडौं । भोली शुक्रवार उपराष्ट्रपति निर्वाचनको लागि ३ जना विच प्रतिस्पर्धा हुँदैछ ।
निर्वाचन आयोगले निर्वाचनको तयारी पुरा भएको जानकारी दिएको छ । आयोगका अनुसार शुक्रवार विहान १० बजेदेखि ३ बजेसम्म उपराष्ट्रपति निर्वाचनको लागि मतदान हुनेछ ।
उपराष्ट्रपतिका लागी नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्य, जनता समाजवादीका रामसहायप्रसाद साह र जनमत पार्टीबाट ममता झाले प्रतिस्पर्धा गर्दैछिन ।
प्रतिनिधि सभा सदस्य, राष्ट्रिय सभा सदस्य र प्रदेश सभा सदस्यले उपराष्ट्रपति चयनका लागि मतदान गर्न पाउँछन ।
हिजो बसेको कांग्रेसको कार्यसम्दान बैठकले जसपाका साहलाई मतदान गर्ने निर्णय गरेको छ भने १० गठबन्धनका अन्य दल कसलाई मतदान गर्ने भन्ने विषयमा निर्णय सार्वजनिक गरेका छैनन ।
गठबन्धन उपराष्ट्रपतिका लागि साझा उम्मेदवार बनाउन असफल भएपछि जसपाबाट यादव र प्रमिला यादवले उम्मेदवारी दिएकी थिईन । प्रमिलाले उम्मेदावारी यस अघि फिर्ता लिईसकेकी छिन ।
Categorized in राष्ट्रिय