१४ बैशाख २०८१, शुक्रबार
Header

उपभोक्ता अधिकार दिवस एक दिन मनाएर हुँदैन अभियान निरन्तर चाहिन्छ– उप्रप्रमुख खड्गी


प्रकाशित: आईतवार, ९ फागुन २०७७, ०९ः०० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं महानगरपालिका उपप्रमुख हरिप्रभा खड्गीश्रेष्ठले उपभोक्ता अधिकार दिवस एक दिन मनाएर हुँदैन अभियान निरन्तर चाहिने बताएकी छिन । 


शनिवार उपप्रमुख खड्गीश्रेष्ठको अध्यक्षतामा बसेको उपभोक्ता हित संरक्षण समितिको बैठकको सो कुरा बताउँदै भनिन, ‘ सन्देश र अभियानको शुरुवातका लागि दिवस एक दिन मनाउने हो । तर, अभियान नियमित चलिरहन्छ ।’


महानगरले चैत्र २ गते (मार्च १५) उपभोक्ता अधिकार दिवश मनाउने तयारीको सन्दर्भमा बसेको बैठकमा खड्गीले उपभोक्ताको खाद्य सुरक्षाका लागि धेरै काम गर्नु पर्ने रहेका बताएकी छिन । उपभोक्ता अधिकार सुनिश्चित गर्न सचेतना कार्यक्रम नभइ नहुने उनको भनाई रहेको छ ।


बर्ष दिवसको नारा ‘ट््याकलिङ् प्लाष्टिक पोलुसन’ रहेको छ । ‘सुरक्षा, सुनुवाई, क्षतिपूर्ति र छनौट’ उपभोक्ताका यी प्रमुख ४ वटा अधिकार सम्बन्धि सचेतना फैलाउन यो दिवस मनाउने गरिन्छ । 


अमेरिकाका ३५ औं राष्ट्रपति जोन एफ। केनेडीले यी ४ वटा अधिकार प्राप्तिका लागि अमेरिकी कंग्रेसमा राखेका थिए । यो प्रस्ताव मार्च १५ तारिखका दिन अनुमोदन भएकोले यसै दिनलाई उपभोक्ता अधिकार दिवसका रुपमा मनाउन थालिएको हो ।


बैठकमा कृषि बिभागका प्रमुख हरिबहादुर भण्डारी, उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिना, नेपाल च्याम्बर अफ कमर्श, महानगर समितिका प्रथम उपाध्यक्ष तेविन्द्ररत्न शाक्यसहित अधिकारीहरु सहभागी हुनुहुन्थ्यो ।


अहिलेको दरमा प्लाष्टिकको प्रयोग बढ्दै जाने हो भने सन २०५० सम्ममा समुद्रमा भएका माछाभन्दा प्लाष्टिकको संख्या धेरै हुने अनुमान गरिएको छ । यसबाट बार्षिक रुपमा हजारौं समुद्रका जीव र समुद्री चराहरुको मरिरहेका छन ।


विश्वमा उत्पादित प्लाष्टिकजन्य सामानको दर हेर्दा ५० प्रतिशत सामान एकपटक प्रयोग गरेर फालिने गरेका छन । सामानका प्याकेट बनाउन उत्पादितमध्ये ४० प्रतिशत प्लाष्टिक प्रयोग भइरहेको छ । 


यी प्लाष्टिकहरु एक पटक प्रयोग गरिसकेपछि फेरि प्रयोगमा आउँदैनन । यिनीहरु फालेर वातावरणमा पठाइन्छन ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD