१९ बैशाख २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

उपभोक्ताले नेपाल ग्याससँगै अण्डा पनि पाउने


प्रकाशित: आईतबार, ७ असोज २०७५, १८ः५० बजे
- महानगरखबर

काठमाडौं । उपभोक्ताले अब नेपाल ग्यासँगै अण्डा पनि किन्न पाउने भएको छ । 


नेपाल ग्यास विक्री गर्ने डिलरले अण्डा पनि विक्री गर्ने अविानाश समूहले जनाएको छ । अविनाश ह्याचरीमार्फत उत्पादन भएका अण्डा डिलरले बिक्री गर्ने भएको हो ।


नेपाल ग्यासका कार्यकारी निर्देशक गोकुल भण्डारीका अनुसार काठमाडौंमा नेपाल ग्यास विक्री गर्ने डिलरहरुले सस्तोमा उपभोक्ताहरुलाई अण्डा दिनेछ । 


डिलरले ग्याससँगै घररघरमा अण्डा समेत आपूर्ति गर्ने उनले बताए ।


अण्डा उत्पादनका लागि चितवनमै अविनाशको सात विघामा फैलिएको अर्को फार्म छ । कुखुराले अण्डा पारेपछि त्यसलाई कलेक्शन गर्ने, तौलअनुसार ग्रेड छुट्टयाउने र प्याकेजिङसम्म सबै अटोमेटेड छ । उद्योगमा करोडौंका धेरै प्रविधिहरु प्रयोगमा छन्।तीन अर्ब लगानीमा उत्पादन भएको ह्याचरीबाट उत्पादन भएको अण्डामा मिति समेत राखिएको हुन्छ ।


अहिले काठमाडौंमा उपत्यकामा ४ सय जना डिलरहरु रहेको छ । 

 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex