९ बैशाख २०८३, बुधबार
Nepal Bank AD 2082 mansir

उपप्रमुख डंगोल विश्वव्यापी युवा नेतामा चयन


प्रकाशित: बुधवार, ३ बैशाख २०८२, १३ः२० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल विश्वव्यापी युवा नेता चयन भएकी छिन । 


स्वीजरल्याण्डको जेनेभाबाट विश्व आर्थिक मञ्च २०२५ का लागि विश्वव्यापी युवा नेता चयन भएकी हुन ।

 
दक्षिण एशियाली मुलुकबाट ११ जना प्रतिनिधि छानिएकोमा नेपालबाट छानिनेमा डंगोलमात्र चयन भएको हो । 


यसअघि उनी विश्व आर्थिक मञ्चको ग्लोबल सेपर्स काठमाडौँ हवको रही सकेकी छन । विभिन्न ५० देशबाट प्रतिनिधित्व रहेको यस समूहमा ७ क्षेत्रमध्ये सरकारको प्रतिनिधित्व गर्दै उपप्रमुख डंगोल चयन भएको हो । यस समूहमा ४० वर्षभन्दा कम उमेर भएका विश्वका ११६ जना युवा नेतृत्व हुनुहुन्छ । 


फोरमले उपप्रमुखको संक्षिप्त परिचय उल्लेख गर्दै आफ्नो वेभसाइटमा लेखेकोे छ, ‘उहाँ युवाहरुलाई प्रेरणा प्रदान गर्ने र सांस्कृतिक पहिचानलाई आधुनिकतासँग जोड्ने राजनीतिज्ञ हुनुहुन्छ ।’


यस अवसरमा उप्रमुख डंगोलले भनिन,‘विश्व स्तरीय मञ्चमा प्रतिनिधित्व गर्न पाउनुले थप जिम्मेवारी महसुस भएको छ । राजनीतिक क्षेत्रबाट विशिष्ट पद ग्रहण गरिसक्नुभएका व्यक्तित्वहरुसँगको सहकार्यबाट युवाहरुलाई नेतृत्वका लागि प्रोत्साहित हुने काम गरिनेछन ।’


सरकार, व्यवसाय, नागरिक समाज, शिक्षा, मिडिया र कला क्षेत्रका नेतृत्वलाई एकै ठाउँमा ल्याएर आफूले नेतृत्व गरेको क्षेत्रसँगै समुदाय र बाहिरका क्षेत्रहरुको दिगो र सकारात्मक प्रभाव सिर्जना गर्नु नेतृत्व चयनको उद्देश्य रहेको फोरम अफ योङ् ग्लोबल लिडर्स फाउन्डेसनका अध्यक्ष निकोल स्वाबको भनाइ छ ।

 
सन २००४ मा स्थापना भएदेखि, युवा ग्लोबल लिडर्स फोरममा १२० भन्दा बढी देशका १ हजार ४ सय भन्दा बढी सदस्यहरु छन । 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex