२३ बैशाख २०८१, आइतबार
Header

उपप्रमुख डंगोलले भेटिन इः, सभागृहमा ईः का प्रतिनिधि र महानगरविच बार्ता सुरु 


प्रकाशित: मंगलवार, ९ असोज २०८०, १६ः२० बजे
- महानगरखबर

काठमाडौं । फुुटपाथ व्यवसायीहरुको बैकल्पिक व्यवस्थाको माग गर्दै ८ दिनदेखि प्रदर्शनमा रहेका ईः र काठमाडौं महानगरविच वार्ता सुरु भएको छ । 


वार्तामा महानगरतर्फबाट प्रवक्ता नविन मानन्धर, २२ वडा अध्यक्ष चिनीकाजी महर्जन, कानुुन विभाग प्रमुख बसन्त आचार्य, बालेना सचिावलय सदस्य कुमार ब्यञ्जनकार र धिरज जोशी वार्तामा सहभागी रहेका छन ।


त्यसैगरी, ईःका प्रतिनिधिहरु विवेकशील अभियानका सहसंस्थापक गोविन्द नारायणको नेतृत्वमा अधिवक्ता सञ्जय अधिकारी, प्रज्वलत्ता कार्की, सडक व्यवसायीका प्रतिनिधि सुजन गिरी र शहरी पूर्वाधार विज्ञ राज महर्जन वार्तामा सहभागी छन ।


वर्तामा ईः र महानगर प्रमुख बालेनको उपस्थिती भने नहुने भएको छ । हिजो बालेन र ईः विच वार्ता वार्ता हुने भनिएपनि एक अर्काविच आरोप्रत्योरोपमा बार्ता नभई सकिएको थियो ।

 
महानगरले मंगलबार वार्ता टोली बनाएर औपचारिक वार्ताको प्रस्ताव गरेपछि वार्ता सुुरु भएको हो । 


वार्ता अघि आजै महानगरकी उपप्रमुख सुनिता डंगोलले पनि ईःलाई भेटेर मागको विषयमा छलफल र वार्ताबाट अघि बढ्ने प्रतिवद्धता व्यक्त गरेकी छिन ।


उनले फुटपाथबाट विस्थापित भएकाहरूलाई वैकल्पिक व्यवस्थासम्बन्धी नीति बनाउन आफू प्रतिबद्ध रहेको बताएकी हुन ।

 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD