काठमाडौं । बैशाख १० गते सम्मपन्न उपनिर्वाचनमा विजेता भएका प्रतिनिधिसभा सदस्यहरुलाई सपथ ग्रहण गराउने भएको छ ।
शुक्रवार प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले विहान साढे ११ बजे चितवन २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, रास्वपाबाट तनहुँ १ बाट निर्वाचित स्वर्णिम बाग्ले र बारा क्षेत्र नं.२ बाट निर्वाचित जनता समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादवलाई सपथ ग्रहण गराउने भएको छ ।
उनीहरुलाई सभामुख घिमिरेले पद तथा गोपनीयताको शपथ खुवाउँदै लोगो वितरण गर्नेछन ।
Categorized in राष्ट्रिय