१४ जेठ २०८३, बिहिबार
Nepal Bank AD 2082 mansir

उपनिर्वाचनको मिति घोषणा, मंसिर १४ गते पचास स्थानमा निर्वाचन हुने


प्रकाशित: शुक्रवार, १७ साउन २०७६, २१ः२० बजे
- महानगरखवर

काठमाडौं । निर्वाचन आयोगले मंसिर १४ गते उपनिर्वाचनको मिति तोकेको छ । 


आयोगले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका रिक्त ५० स्थानका लागि निर्वाचनको मिति घोषणा गरेको हो ।


बिहीबार बसेको बैठकले प्रतिनिधिसभा र प्रदेशसभामा उपनिर्वाचन गर्ने निर्णय गरेको आयोगका प्रवक्ता शंकरप्रसाद खरेलले जानकारी दिए ।


कास्की क्षेत्र नम्बर २, प्रतिनिधिसभा सदस्यविहीन छ । कास्कीमा पूर्व पर्यटनमन्त्री रविन्द्र अधिकारीको हवाई दुर्घट्नामा मृत्यु भएपछि सो स्थान खाली भएको हो । 


आयोगका अनुसार प्रदेश पाँच अन्तर्गत दाङ क्षेत्र नम्बर ३ को ‘ख’ बाट निर्वाचित प्रदेशसभा सदस्य उत्तरकुमार ओली, गण्डकी प्रदेश अन्तर्गत बाग्लुङ क्षेत्र नम्बर २ ‘ख’ का सांसद टेकबहादुर घर्ती र प्रदेश ३ को भक्तपुर–१ ‘ख’ बाट निर्वाचित हरिशरण लामिछानेको निधनपछि प्रदेशसभाका तीन स्थान खाली भएको हो ।


स्थानीय तहको हकमा चार जना प्रमुख रिक्त रहेका छन भने एक उपप्रमुख र ४१ वडा अध्यक्षको खाली रहेको छ । 


अयोगले विहिवार १८ दलसँग छलफल गरेपछि निर्वाचनको मिति घोषणा गरेका हुन । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex