काठमाडौं । उपनिर्वाचनमा उम्मेदवारी दिएका उम्मेदवारहरुले आज उम्मेदवारी दर्ता गराउने कार्यक्रम छ ।
निर्वाचन आयोगले उम्मेदवारी दर्ता गराउने समय विहान १० बजेदेखि ५ बजेसम्म तोकेको छ ।
उपनिर्वाचन हुने जिल्लाहरु तनहँुको १ बाट नेपाली कांग्रेसबाट गोबिन्द भट्टराई, एमालेबाट सर्वेन्द्र खनाल, राष्ट्रिय स्वतन्त्र पार्टीले स्वर्णिम बाग्ललेलाई उम्मेदवार बनाएको छ ।
चितनव क्षेत्र नंं. २ मा नेपाली कांग्रेसले जितनारायाण श्रेष्ठ, एमालेका रामप्रसाद न्यौपाने र रास्वपाको यस अघि निर्वाचित रवि लामिछाने उम्मेदवार बनेका छन ।
बारामा सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, एमालेबाट पुरुषोतम पौडेल, रास्वपाका रमेश खरेल, जनमत पार्टीबाट शिवचन्द्र कुशवाह उम्मेदवार रहेका छन ।
उपनिर्वाचनको उम्मेदवारी दर्ताका सम्बन्धनमा राजननीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५७ बमोजिम निर्वाचन आयोगले दस बुँदे निर्देशन जारी गरेको छ ।
निर्देशनमा मनोनयन दर्ता गर्न जाने उम्मेदवारहरूले अपनाउनुपर्ने आचारसंहिता उल्लेख गरिएको छ ।
मनोनयनपत्र पेस गर्न जाँदा उम्मेदवारले प्रस्तावक र समर्थकसहित बढीमा २५ जनामात्रै लिएर जान पाउनेछन ।
बाजागाजा, झाँकी, ब्यानर, चिह्न र झन्डासहित नजान पनि आयोगले निर्देशन दिएको छ ।
आयोगको निर्देशनः


Categorized in राष्ट्रिय