काठमाडौं । उपत्यका सडकविस्तार पीडित संघर्ष समितिद्धारा आज विहानैदेखि माईतीघर मण्डलामा धर्ना दिईरहेको छ ।
सरकारले सडक मापदण्ड मिचेको भन्दै सडक विस्तारको नाममा घरहरु भत्काउन थालेपछि उपत्यकाबासीहरु संघर्षमा उत्रेका हुन । दिउसो १ बजेसम्म हुने सो कार्यक्रमलाई आदीवासी जनजाति नेताहरुले सम्बोधन गर्ने भएका छन् ।
सो धर्ना कार्यक्रममा नेवाः युथ अर्गानाईजेशन, नेवाः संघ, नेवाः राजनीतिक अभियान, फास्ट टÇयाक पीडित, सेभ नेपाः भ्याली र नेपाल सांस्कृतिक पुनः जागरण अभियानको सहभागिता रहको छ ।
प्रकाशित मिति ः २०७४ चैत्र १४ गते १२ः१४ बजे
Categorized in राष्ट्रिय