४ बैशाख २०८१, मंगलबार
Header

उपत्यका नगरपालिका फोरमले पनि राहत बाड्ने


प्रकाशित: शुक्रवार, २१ चैत्र २०७६, १०ः०० बजे
- महानगरखबर

काठमाडौं । उपत्यका नगरपालिका फोरमले पनि राहत बाड्ने तयारी गरेको छ ।


विहिवार फोरम अध्यक्ष तथा काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको बैठकले राहत वितरण गर्ने निर्णय गरेको हो । 


बैठकले ३ जनासम्मको परिवारलाई १५ किलो चामल र ३ जना भन्दा धेरै भएको परिवारलाई ३० किलो चामल उपलब्ध गराउने भएका छन ।


जसअनुसार ३ जनाको परिवारले डेढ किलो दाल, १ प्याकेट नुन, १ लिटर तेल, चिनी १ किलो, साबुन एउटा पाउनेछन । त्यसैगरी ३ जना बढि परिवारले २ प्याकेट नुन, २ लिटर तेल, २ केजी चिनी, ४ वटा साबुन पाउने छन । 


आपूर्ति तथा राहत वितरणको व्यवस्थापन स्थानीय तहले गर्नेछ । अत्यावश्यक सामान विक्री वितरण गर्दा विक्रेता र ग्रहकबीच न्युनतम एक मिटरको दूरीको नियम पालन गर्नुपर्ने निर्णय बैठकले गरेको छ ।


अर्थमन्त्रालयबाट चैत्र १९ गते जारी ‘ असंगठित क्षेत्रमा कार्यरत श्रमिक वर्ग तथा असाहयहरुलाई उपलब्ध गराईने राहत समन्धी नमूना मापदण्ड– २०७६’ ती व्यक्ति तथा परिवारलाई राहत वितरण गरिने भएको छ ।


आपूर्ति तथा राहत वितरणका लागि प्रत्येक वडामा वडाध्यक्षको संयोजकत्वमा स्थानीय सुरक्षा निकायसहितको कमिटी गठन गर्ने, संघीय सांसद तथा प्रदेश सांसदसँग समन्वय गरी स्थानीय प्रशासनको रोहवर र सहजीकरणमा वितरण गर्नेलगायतका निर्णय पनि गरेको छ ।

 


 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD