१५ चैत्र २०८०, बिहिबार
Header

उपत्यका छाड्नेहरुको संख्या बढ्यो


प्रकाशित: विहिवार, ६ चैत्र २०७६, १६ः०० बजे
- महानगरखबर

काठमाडौं । कोरोना भाईरस संक्रमणको जोखिम न्यूकरणको लागि सरकारले स्कुल, कलेज बन्द गरेपछि काठमाडौं उपत्यका छाड्नेहरुको संख्या बढेको छ । 


नेपाल यतायात राष्ट्रिय महासंघका अध्यक्ष योगन्द्र कर्माचार्यका अनुसार अन्य दिनभन्दा विहिवार काठमाडौबाट गाउँ जानेहरुको संख्या बढेको हो । 


अहिले वस पार्कहरुका यात्रुहरुको संख्या बढेको प्रहरीले बताएका छन । बालाजु वस पार्कमा अन्य दिन भन्दा अहिले यात्रुहरु बढेको प्रहरीको भनाई छ ।

 
भक्तपुरको जगाती हुँदै बाहिरिनेको पनि संख्या बढेको छ । दशैं तिहारमा मात्र उपत्यका छाड्नेहरुको घुईचो देखिन्थे भने अहिले कोरोनाले गर्दा स्कुल, व्यवसाय, उद्योग धन्दा बन्द हुन थालेपछिको असर पनि भन्न सकिन्छ । 


बुधबार उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा बसेको कोरोनाभाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समिति बैठकले सबै तहका विद्यालय तथा विश्वविद्यालयको परीक्षा चैत मसान्तसम्मका लागि स्थगित गरेको छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD