काठमाडौँ । प्रहरीले काठमाडौं उपत्यकासहित ७ जिल्लामा एनसेल टावर विस्फोटन गराएको आशंकमा १६ जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ ।
उपत्यकामा ६ जना पक्राउ गरेको छ भने उपत्यका बाहिरका १० जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
काठमाडौं उपत्यकाको ललितपुरस्ति नख्खुमा मुख्यालय रहेको एनसेल टवारमा विस्फोटन गराएका थिए भने उपत्यका बाहिरका जिल्ला कञ्चनपुर, जाजरकोट, अछाम, पूर्वी रुकुम, कपिलवस्तु, रुपन्देही, काभ्रेलगायत जिल्लाको एनसेल टावरमा आगजनी गरेको थियो ।
प्रहरी प्रवक्ता उत्तमराज सुवेदीका अनुसार विस्फोटन कसले गरायो र कस्को संग्लनता छ भन्ने बारे अनुसन्धान चलिरहेको छ ।
शुक्रवार राती नख्खुस्थित टावरमा भएको विष्फोटमा परी सिंहप्रसाद गुरुङको मृत्यु भएको छ भने प्रतीक्षा खड्का र आयुषा मानन्धर घाइते भएका छन ।
त्यसैगरी काठमाडौँ कमलपोखरीमा फेला परेको बमलाई भने डिस्पोज गरिएको थियो ।
गृहमन्त्री रामबहादुर थापाले शनिवार उपचाररत घाइतेसँग भेट गरी उपचारको सम्पूर्ण जिम्मेवारी सरकारले लिने जानकारी दिँदै दोषीलाई पक्राउ गरी कारवाही गर्ने आश्वासन दिएको छ ।
प्रहरीले सो घट्नापछि सुरक्षा व्यवस्था कडा पारेका छन सुरक्षागस्ती बढाएको प्रहरी प्रवक्ता सुवेदीले जानकारी दिँदै सादा पोशाकमा प्रहरी परिचान गरेको जनाकारी दिए ।
Categorized in राष्ट्रिय