काठमाडौं । मेलम्चीको सपना बोकेर बसेको दुई दशक पुग्न लाग्दा पनि उपत्यकावासीको लागि मेलम्ची अझै पनि ‘खै के खै’ जस्तो भएपछि खानेपानीको लागि दवाव सिर्जना गर्न एकजुट हनु थालेको छ ।
उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले वितरण गर्दै आएको पानी पनि सुख्खा मौसमसँगै धरामा पानीको हाहाकार हुन थालेपछि उपत्यकावासी निरन्तर दवाव सिर्जना गर्न लागि परेका छन ।
उपत्यका खानेपानी पिडित दबाव समूहले जेठको ३२ गते शनिवार सरकारलाई दवाव सिर्जना गर्न थापाथलीमा बृहत भेलाको आयोजना गरेको छ ।
विहान ११ बजेको लागि आव्हान गरिएको सो भेलामा उपत्यका सबै टोलवासी, सर्वसाधरण नागरिकलाई उपस्थितीको लागी आग्रह गरिएको छ ।
यस अघि दवाव समूहले ललितपुरको कुम्भेश्वरमा सरकारलाई दवाव दिन एक भेलाको आयोजना गरेको थियो ।
दवाव समूले मेलम्ची उपत्यकावावासीको मुखै नजिक आईसकेकोले मेलम्ची अयोजना छिटो पुरा गर्न पनि सो भेलाले दवाव सिर्जना गर्ने जनाएको छ ।
खानेपानीको समयमै सम्बोधन हुन नसकेको खण्डमा उपत्यकावासी आ–आफ्नो टोलबाट विस्थापित हुनु पर्ने वाध्यात्मक अवस्था आईसकेकोले सरकारलाई कडा दवाव सिर्जना गर्नुको विकल्प नभएको दवाव समुहले जनाएको छ ।
सुख्खा मौसम सरु भएलगत्तै उपत्यकामा खानेपानीको हाहाकार हुन थालेको छ ।
केयुकेएलले राजधानीमा २ महिनामा तीन पटक मात्रै पानी वितरण थालेपछि खानेपानीको समस्या हवात्तै बढेको हो ।
दैनिक १७ करोड लिटर पानी वितरण गर्दै आएकोमा अहिले आपूर्ति दैनिक ५ करोड लिटर घटेको छ । उपत्यकामा दैनिक ४१ करोड लिटरभन्दा बढी माग छ ।
भक्तपुर शाखाबाट प्रत्येक चार दिन विराएर वितरण हुने गरेको छ भने ललितपुर शाखाबाट ६ दिन विराएर वितरण हुने गरेको छ । त्रिपुरेश्वर शाखाले साताको तीन दिन वितरण गर्ने गरेको छ । बानेश्वर शाखाले आठ दिन विराएर एक पटक वितरण गर्ने गरेको छ ।
काठमाडौंभित्र ४० प्रतिशत पानीको चुहावट रहेको केयुएकले जनाएको छ ।
Categorized in समाज