२३ आषाढ २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

उपत्यकामै पहिलो पल्ट आधुनिक नमुना चुनिखेल बधस्थल सञ्चालनमा आउँदै


प्रकाशित: मंगलबार, ५ भाद्र २०७५, २०ः०७ बजे 
- महानगरखबर

काठमाडौं । स्वच्छ, सफा तथा व्यवस्थित मासु विक्री वितरण गर्ने उद्देश्यले उपत्यकामै पहिलो पल्ट आधुनिक नमुना चुनिखेल बधस्थल सञ्चालनमा आउने भएको छ ।

 
बुढानिलकण्ठ नगरपालिका वडा नं. १३ चुनिखेलस्थित निर्माण गरिएको सुधारिएको आधुनिक बधस्थल यही भाद्र ७ गते बिहिबार उद्घाटन गरिने बधस्थलका उपसंयोजक तथा नेपाल खड्गी सेवा समितिका केन्द्रिय उपाध्यक्ष रामकृष्ण खड्गीले जानकारी दिएका छन् । 

 

 


सो बधस्थल वडा नं. १३ का अध्यक्ष श्रीकृष्ण श्रेष्ठले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । सो उद्घाट्न समारोहमा मासु व्यवसायी, मासु विज्ञहरु, नगरपालिकाका अधिकारीहरु तथा सरोकारवालाहरुको उपस्थिती हुने जनाएको छ । 


बधस्थल उपसंयोजक खड्गीका अनुसार करिब एक करोड लागतमा निर्माण गरिएको सो बधस्थलमा हाल दैनिक ८ देखि १० वटा राँगा काटिने भएपनि ३० देखि ४० वटा सम्म राँगाको बध गर्न सकिनेछ । सो बाट उत्पादीत मासु पुर्ण रुपमा स्वस्थ्यकर हुनेछ ।

 
दुई रोपनी क्षेत्रफलमा निर्माण भएको सो बधस्थल एकदमै आधुनिक र व्यवस्थित रहेको छ । बधस्थलमा बध गरेको मासुजन्य पदार्थ एक स्थान, रगत एक स्थानमा, हड्डी एक स्थानमा, फोहरजन्य पदार्थ एक स्थानमा निकालिने व्यवस्था छ । 


बधस्थलबाट निस्कने फोहरजन्य पदार्थबाट ग्यास उत्पादन गर्ने उद्देश्यले ग्यास पलान्ट समेत निर्माण गरिएको छ । सो ग्यास प्लान्टबाट उत्पादन हुने ग्यासले स्थानीय ३० देखि ४० घरलाई ग्यास वितरण गर्न सकिने बताइएको छ । 


सरकारले बधशाला निर्माण गर्ने भनेर जतिसुकै कुरा गरेपनि कुरामै सिमित भएपछि मासु व्यवसायीहरुले आफ्नै प्रयासबाट यस किसिमको बधस्थल निर्माण गरी अघि बढ्नु परेको उपसंयोजक खड्गीले बताए । 


यस बधस्थलको संयोजकमा नेपाल खड्गी सेवा समिति बौद्धजोरपाटीका पूर्व अध्यक्ष देवनाराण खड्गी रहेका छन भने सदस्यहरुमा विशेष खड्गी, सुर्य बहादुर खड्गी रहेका छन् ।

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex