काठमाडौं । काठमाडौं उपत्यकामा जेठ २० गते सम्म निषेधाज्ञा थपिएको छ ।
काठमाडौं, भक्तपुर र ललितपुरका तीन प्रमुख जिल्ला अधिकारीको मंगलबार बसेको संयुक्त बैठकले संक्रमण दर नघटेको भन्दै कडा प्रावधानसहित एक साता निषेधाज्ञा थपिएको हो ।
निषेधाज्ञामा बिहान ९ बजेसम्म तरकारी, फलफूल, दूध, मासु र ग्यासको पसल खोल्न पाइने तर किराना पसल, डिपार्टमेन्टल स्टोर चाहिँ बन्द गर्ने निर्णय भएको छ ।
थपिएको निषेधाज्ञामा सरकारी कार्यालय, बैंक, सार्वजनिक संस्थान र इन्टरनेट सेवा प्रदायकको सवारीसाधनहरु बिहान साढे ९ बजेदेखि साढे १० सम्म र साँझ ५ बजेदेखि ६ बजेसम्म मात्र चल्न पाउने भएकोक छ ।
बैठकले त्यसैगरी हालसम्म प्रशासन र अन्य निकायबाट जारी सबै पास पनि खारेज गर्ने निर्णय गरेको छ ।
यस अघि जेठ १३ जेठसम्मका लागि निषेधको आदेश जारी भएको थियो ।
सरकारलो ल्याएको कोभिड – १९ रोकथाम तथा नियन्त्रणको लागि ल्याएको अध्यादेश पुर्ण रुपमा पालना गराउने र नगर्नेलाई अध्यादेश अनुसार कार्वाही समेत गरिने निर्णय भएको छ ।
अध्यादेशमा अनुमतिविना वा बिरामी ओसारपसार गर्ने प्रायोजनबाहेक सवारीसाधन चलाउनेलाई कारबाही गर्नसक्ने व्यवस्था छ । त्यस्तो अवस्थामा दुईपांग्रेलाई दुई हजार र अन्य सवारीसाधनलाई ५ हजार रुपैयाँ जरिवाना तिराउन सक्ने भनिएको छ ।
Categorized in राष्ट्रिय