२९ कार्तिक २०८३, शनिबार
Binod Yojesh Ram

उपत्यकामा ११ हजार ५०७ दुर्घटना, १९४ को ज्यान गयो


प्रकाशित: बिहिबार, ३१ साउन २०७५, ११ः३३ बजे
- महानगरखबर

काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार आर्थिक बर्ष २०७४/०७५ मा उपत्यकामा ११ हजार ५ सय ७ दुर्घट्ना भएको छ । सो अवधिमा परि १९४ जनाको ज्यान गएको छ जसमध्ये पुरुष १४७ र महिला ४७ रहेका छन् । 


मोटरसाइकल र स्कुटर चालकको धेरै ज्यान जाने गरेको महाशाखाले जनाएको छ ।  यस आर्थिक बर्षमा  मोटरसाइकल र स्कुटर दुर्घटनामा १११ जनाको ज्यान गएको छ ।


११ हजार ५०७ दुर्घटना भएकामा एक हजार ५८० ट्रक, एक हजार ३२७ बस, ४१० माइक्रो, तीन हजार ८९० कार, भ्यान, जीप, चार हजार ४६ मोटरसाइकल, स्कुटर, १०३ टेम्पो परेका थिए । 


दुर्घट्नमा परि पैदलयात्रु ६३, ट्रक चार, साइकल तीन, बस आठ, टेम्पो एक र कार दुर्घटनामा चार जनाको ज्यान गएको थियो । 


गत अािर्थक बर्ष आव ०७३/७४ मा उपत्यकामा सवारी दुर्घटनामा १८२ जनाको मृत्यु भएकामा पैदलयात्रु ७९, मोटरसाइकल तथा स्कुटर दुर्घटनामा ७७, ट्रक दुर्घटना चार, बस दुर्घटना सात, टेम्पो दुर्घटनामा एक र कार दुर्घटनामा नौजनाको मृत्यु भएको थियो । 


आव ०७३/७४ मा पैदलयात्रुको धेरै मृत्यु भएपछि महाशाखाले पैदलयात्रुलाई लक्षित गरी सडकमै विशेष कक्षा सञ्चालन गरेपछि पैदलयात्रु मर्नेको संख्यामा कमी आएको हो । 
 

asteriskhubs
Home Page Bottom Second


nuhadya 1147
binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika