काठमाडौं । काठमाण्डौ उपत्यकामा लकडाउन उल्लघंन गर्ने ५ सय ५९ महिला सहित २४ सय २७ जनालाई नियन्त्रणमा लिएको छ ।
काठमाण्डौबाट सबैभन्दा बढि २ हजार १९ जनालाई नियन्त्रणमा लिएको छ । यसै गरी ललितपुरबाट ३ सय ९८ र भक्तपुरबाट १० जनालाई नियन्त्रणमा लिएको छ ।
यसै गरी ३ सय २० वटा दुई पाङ्ग्रे र ५० वटा चारपाङग्रे गरी ३ सय ७० वटा सवारी साधनलाई पनि नियन्त्रणमा लिएको छ ।
लकडाउनको आदेश जारी गरेकाले उल्लघन गर्नेलाई नियन्त्रणमा लिई ३ घण्टा कोरोनाको बारेमा शिक्षा दिने र छाड्ने गरिएको महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिनु भयो ।
कोभिड–१९ को विश्वव्यापी महामारी फैलिएपछि नेपालमा हुने सम्भावित जोखिम रोक्न सरकारले यही चैत ११ गते बिहान ६ बजेदेखि लागू हुने गरी देश व्यापी रूपमा लकडाउनको आदेश जारी गरेको छ ।
Categorized in राष्ट्रिय