काठमाडौं । बढि पहिरोले काठमाडौं उपत्यकाको ललितपुर र काठमाडौंमा गरी ८ जनाको मृत्यु भएको छ ।
ललितपुरमा ५ जना र काठमाडौंमा ३ जनाको मृत्यु भएको छ भने यो सँगै देशको अन्य जिल्ला गरी मृत्यु हुनेको संख्या ३१ पुगेको छ ।
प्रहरीका अनुसार अहिलेसम्म १८ जना वेपत्ता भएका छन । उनीहरुको खोजी कार्यको लागि उद्धार टोली खटिएको छ । बाढी पहिरोबाट प्रभावित १३३ जनाको सकुशल उद्धार गरिएको छ ।
धादिङ, मकवानपुर र सिन्धुलीमा २/२ जनाको मृत्यु भएको छ भने काभ्रे, खोटाङ र भोजपुरमा ३/३ जनाको ज्यान गएको छ ।
त्यसैगरी रामेछाप, झापा, सुनसरी, चितवन, बारा, पर्सा, ओखलढुंगा र इलाममा १/१ जनाको ज्यान प्रहरीले जानकारी दिएको छ ।
त्यसैगरी घाईतेको संख्या पनि उल्लेखिय रहेको छ । मकवानपुरमा ४ जना, काभ्रेमा २ जना घाईते भएका छन भने रामेछाप, धादिङ, दोलखा, खोटाङ, सुनसरीमा र चितवन १/१ जना गरी १२ जना घाइते छन ।
Categorized in राष्ट्रिय