१५ बैशाख २०८१, शनिबार
Header

उपत्यकामा मंगलवारदेखि सार्वजनिक गाडी चल्ने, पसलहरु सबै खुल्ने


प्रकाशित: सोमवार, १४ असार २०७८, १३ः१० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं उपत्यकामा मंगलवारदेखि सार्वजनिक गाडीहरु चल्न पाउने भएका छन । 


उपत्यकाका तीन वटै प्रमुख जिल्ला अधिकारीको सोमबार बसेको बैठकले निषेधाज्ञा खुकुलो बनाएर एक साता लम्ब्याउने निर्णय गरेसँगै यातायातलाई पनि जोर–विजोर प्रणाली अनुसार चलाउन पाउने भएको छ । 


व्यवस्थित र स्वास्थ्य मापदण्ड पालन गरेर बिहान ६ बजेदेखि बेलुकी ७ बजेसम्म २५ सिट क्षमताभन्दा बढीका यात्रुबाहक सार्वजनिक सवारी साधन चलाउन दिइने भएको हो । 


लामो दुरीका गाडीहरु भने तत्काल चलाउन नदिने भएको छ । त्यसैगरी सबै किसिमका पसलहरु बिहान ११ बजेदेखि ६ बजेसम्म खोल्न दिइने छ । खाद्यन्य तथा फलफूल र तरकारीका बजारहरू बिहानैदेखि खुल्ने भएका छन । 


दोस्रो लहरको कोभिड–१९ को संक्रमण बढेपछि वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरिएको थियो । थपिएको निषेधाज्ञा असार २१ गते सम्म जारी रहने छ । 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD