४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

उपत्यकामा पानी पर्ने संभावना


प्रकाशित: मंगलवार, ८ माघ २०७५, ०९ः३० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौ उपत्यकामा आज राती पानी पार्ने संभावना रहेको मौसमविद्ले पुर्वानुमान गरेको छ । 


उपत्यकामा विहानैदेखि चिसो बढेसँगै बादल पनि लागेको छ । आज विहानको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस रहेको मौसम विभागले जनाएको छ । 


मौसविद्का अनुसार देशभर मौसम बदली भईरहेने छ र देशका विभन्न भागमा पानी पर्ने छ । 


उपत्यकामा भने दिउँसो बादल लागेपनि राती पार्न सक्ने मौसविज्ञको अनुमान रहेको छ । 


हिमाली क्षेत्र बाजुरा र हुम्लामा भने गएराती देखि हिमपात भईरहँदा जनजीवन एकदमै कष्टकर भईरहेको छ । 


अहिले काठमाडौंदेखि पश्चिम अधिकांश उच्च पहाडी भूभागमा हिमपात भइरहेको छ । 


बिहीबारबाट मौसममा क्रमिक सुधार हुँदै  मौसम सफा हुने मौसमविज्ञको भनाई छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex